सरोकारवालालाई मानब बेचबिखन बिरुद्ध तालिम
बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

बर्दिया,बैशाख १७ / सिमा क्षेत्रका कर्तब्य पालक तथा सरोकारवालाका लागि मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध २ दिने तालिम मधुबनमा सम्पन्न भएको छ । मानव बेचबिखन न्युनिकरण गर्ने उदेश्यले दुई दिने तालिम सम्पन्न भएको हो ।

मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित उक्त तालिममा पालिकाका उप प्रमुख, वडा अध्यक्ष, बरिष्ठ प्रशासकिय अधिकृत पार्वती पण्डित, शिक्षा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, शसस्त्र प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक लगायत २३ जनाको सक्रिय सहभागिता रहेको थियो ।

मानब बेचबिखन तथा ओसार पसारका घटना नियन्त्रण बारे सिमा क्षेत्रका कर्तब्य पालक तथा सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यले संचालित तालिमको उद्घाटन सत्रको अध्यक्षता मधुबन नगरपालिकाका नगर प्रबक्ता मेक बहादुर गुरुङले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै गुरुङ मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी संघ संस्था, स्थानीय निगरानी समूह सक्रिय भएर अभियान संचालन गर्ने कुरामा जोड दिए ।

२ दिने तालिममा मानब बेचबिखन तथा ओसारपसारको अवधारणा, यसका कारण, मानब तस्करी, शोषण, कानुनि प्रावधान, मानब दलालने अपनाउने तरिका, मानब तथा बाल बेचबिखन रोकथामका उपाय, स्थानीय तहका प्रयास तथा भूमिकाका बारेमा माइती नेपाल कार्यक्रम संयोजक अधिबक्ता केशब कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गरेका थिए भने कार्यक्रम संचालन महिला बालबालिका शाखा प्रमुख इन्द्रा चुनाराले गरेकी थिईन् ।

तालिममा समूह कार्य मार्फत मानब बेच बिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापन सत्रमा बोल्दै पालिकाका उप–प्रमुख अनिता चौधरीले मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण गर्न स्थानीय सरकार, संघ संस्था, प्रहरी स्थानीय समुह सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएकी थिईन् । साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम र सिमा क्षेत्रमा प्रहरी निगरानी बढाउनु पर्ने कुरा बताईन् ।

समापन सत्रको कार्यक्रम महिला बालबालिका शाखाकि शोभा शर्माले संचालन गरेकी थिईन् भने समापन नगर प्रबक्ता मेक बहादुर गुरुङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय