बर्दिया,बैशाख १९(फरकसमाचार) / पत्रकारका लागि क्षमता विकास कार्यक्रम अन्तर्गत दुई दिने फिचर लेखन तालिम ठाकुरद्वारामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग एवंम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा बिहीबार तालिम सम्पन्न भएको हो । बुधबार सुरु भएको तालिममा बर्दिया र बाँकेका पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षक डा.सुदीप गौतम, शंकर खनाल र टिका बस्नेतले तालिममा सहभागि पत्रकारहरुलाई फिचर लेखन सम्बन्धि प्रशिक्षण दिएका थिए ।
पत्रकारहरुको क्षमता विकास कार्यक्रम अन्तर्गत दुई दिने फिचर लेखन तालिम बर्दियाबाट सुरु गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईले बताए ।
‘निर्वाचित भएर पत्रकार भेटघाटको लागि प्रदेशका १२ वटै जिल्लामा पुग्दा पत्रकारको क्षमता विकासको लागि कार्यक्रम ल्याउने बाँचा गरेका थियौं,’उनले भने,‘सोही अनुसार पत्रकारहरुको क्षमता विकासको लागि कार्यक्रम ल्याएका छौं ।’ ‘प्रदेशका १२ वटा जिल्लालाई केन्द्रित गरि आवश्यकता अनुसार फरक फरक विधामा ६ वटा क्षमता विकासको लागि कार्यक्रम तय गरिएको छ । यसले सकारात्मक सन्देश दिनेछ,’उनले भने ।
यस्ता तालिमले पत्रकारलाई थप क्रियाशिल बनाउने नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका सचिव सबिन प्रियासनले बताए ।
तालिममा सहभागि पत्रकारहरुमा केही न केही नयाँ सिकाई भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । यो सिकाईले पत्रकार साथीहरुलाई काम गर्न मद्दत पुग्ने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गरे । सोही तालिममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले विस २०८२ को भित्तेपात्रो बिमोचन गरेको थियो ।