बर्दिया,बैशाख २१(फरकसमाचार) / लागु औषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ र वडा नंम्बर ६ स्थितबाट लागु औषधसहित तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
बढैयाताल गाउ“पालिका–८ साघुनघारी स्थित भारतबाट नेपालतर्फ आउ“दै गरेको अवस्थामा जिल्ला कास्की पोखरा महानगरपालिका–२८ माझ्ठाना बस्ने २८ वर्षिय महेश तिवारी र जिल्ला तनहु“ ब्यास नगरपालिका–६ दमौली बस्ने ३० वर्षिय बिपिन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको साथबाट ६ सय ४० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंङको गिलो पदार्थ फेला परेको प्रहरीको दावी छ ।
त्यसैगरि बढैयाताल गाउ“पालिका–६ स्थितबाट वडा नंम्बर ३ सिमराका ३२ वर्षिय अर्जुन देवकोटालाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा रहेका देवकोटालाई नियन्त्रणमा लिई चेकजा“च गर्दा ५ सय ८० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पहेंलो रंङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
तीनै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।