दुर्घटनामा एकको मृत्यु
सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित

बर्दिया,बैशाख २२ / दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ का ४० वर्षीय रंङगीलाल थारुको आइतबार बिहान मृत्यु भएको हो । गुलरिया नगरपालिका–१ स्थित गुलरिया राजापुर सडक खण्डमा थारुलाई शनिबार राति ८ बजे मोटरसाइकलले ठक्कर दिएर घाइइते बनाएको स्थानीयले जनाएका छन् । घाइते थारुको स्थानीय मेडिकलमा राति सामान्य उपचारपछि घर फर्किएका थिए ।

घाइते थारुलाई आइतबार बिहान गाह्रो भएपछि प्रहरीले उपचारका लागि बर्दिया अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले बताए । ‘उपचारका क्रममा बिहान ७ बजे चिकित्सकले थारुलाई मृत घोषणा गरेका थिए,’उनले भने,‘ठक्कर दिएको मोटरसाइकलको खोजी कार्य भइरहेको छ ।’

थारुलाई ठक्कर दिएर भागेको मोटरसाइकल अझै पत्ता लागेको छैन । आइतबार दिउँसो मृतकका आफन्तले सडकमा शव राखेर ठक्कर दिएको मोटरसाइकलको खोजी र पीडितलाई न्यायको माग गर्दै प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय