बर्दिया,बैशाख २२/ खाता सामुदायिक वन समन्वय समितिको अध्यक्षमा दोस्रो पटक पुनः हरि गुरुङ्ग सर्वसम्मत चयन भएका छन् । मधुवन नगरपालिका–३ खाता सामुदायिक वन समन्वय समितिको छैठौं चुनावी साधारण सभाले आइतबार अध्यक्षमा दोस्रो पटक गुरुङ्गलाई सर्वसम्मत चयन गरेको हो ।
पहिलो कार्यकालमा गुरुङ्गले गरेको कार्यसम्पादनलाई सामुदायिक वनका पार्षदहरुले मध्यनजर गरि पुनःदोस्रो पटक उनलाई चयन गरेका छन् । नयाँ कार्यसमितिको कार्य अवधि तीन वर्षको रहने जनाईएको छ ।
उपाध्यक्ष पदमा भदै थारु, कोषाध्यक्ष हरिकला भाट, सचिवमा कुल बहादुर बुढा मगर, सहसचिवमा मंगल थारु सर्वसम्मत चयन भएका छन् भने सदस्यमा इन्द्र बहादुर सापकोटा, जितलाल पाण्डे, भुपाल न्यौपाने, सन्तराम थारु, गिता प्रसाद भट्टराई, खुसमानी थारु, सुनिता थारु, मन कुमारी सुनार र रमा थारु चयन भएका छन् । ३६ वटा सामुदायिक वन र ३ वटा धार्मिक वन खाता सामुदायिक वन समन्वय समितिमा आवद्ध रहेका छन् ।