२२ केजी अफिम सहित बर्दियाबाट दुई पक्राउ
सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित

बर्दिया, बैशाख २२ सुर्खेत नेपालगंज सडकखन्डमा पर्ने चेपाङमा प्रहरीले २२ किलो लागुऔषध(अफिम)बरामद गरेको छ । बर्दिया प्रहरीको रेन्डम चेकजाँच गर्ने टोलीले बबईस्थित चेपाङमा मोटरसाईकलमा सवारलाई दुई जनालाई अफिम सहित नियन्त्रणमा लिन प्रहरी सफल भएको हो ।
प्रहरीले जाजरकोट नलगाड नगरपालिकाका ३७ बर्सिय भक्त बहादुर शाही र चितवन राप्ती नगरपालिकाको आरपानी बस्ने २७ बर्षका कुमार वाईबालाई अफिम सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले अदालतबाट म्याद थपको अनुमति लिएपछि २२ किलो अफिम सहित दुई जनालाई सोमबार सार्वजनिक गरेका हुन ।उनका अनुसार सुर्खेत र बाँकेमा रेन्डम चेकजाँच गरिरहेको प्रहरीले शंकास्पद अवस्थामा देखिएपछि खानतलासी लिदा भित्रि भोलामा पोका बनाएर राखिएको अवस्थामा अफिम सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जाजरकोटका शाहीले मोटरसाईकल चलाईरहेका थिए भने वाइबा मोटरसाईकलमा सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय