रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिने
मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित

काठमाडौं, वैशाख २३ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले जानकारी गराउने भएका छन् । मंगलबार प्रतिनिधि सभामा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ मागेर अवरोध गर्न खोजेका थिए । सभामुखले रुलिङ गर्नुपर्ने उनीहरूको माग थियो ।

त्यसक्रममा सभामुख देवराज घिमिरेले रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले संसद्मा जवाफ दिने जानकारी गराए । उनका अनुसार आगामी बिहीबार गृहमन्त्री लेखकले जानकारी दिनेछन् । यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए । स्रोत अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय