बर्दिया,बैशाख २३(फरकसमाचार) / लागु औषधसहित एकैदिन प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट प्रहरीले लागु औषधसहित सात जनालाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।
राजापुर नगरपालिका–४ सरस्वती सामुदायिक वन स्थित शुक्रबार कैलाली सत्तिघाटबाट राजापुरतर्फ आउदै गरेको अवस्थामा राजापुर नगरपालिका–४ का २० वर्षिय बिकल्प थारु र वडा नंम्बर ९ चैनपुरका २५ वर्षिय आशिष थारुलाई प्रहरीले नियन्त्रणमा लियो । दुवै जना प्रदेश ३–०२०१२ प ८५११ नंम्बरको मोटरसाइकलमा सवार थिए । शंकास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ३० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनी कृष्णचोक स्थित घरमा लुकाई छिपाई राखेको लागु औषधसहित २४ वर्षिय कविराम बुढालाई प्रहरीले नियन्त्रणमा लियो । प्रतिबन्धित लागु औषधका ५३ ट्याबलेट र ३३ ग्राम ३ सय ६० मिलीग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही दिन बढैयाताल गाउँपालिका–३ पुष्पनगर मान झुण्डी सामुदायिक वनको प्रतिक्षालय स्थितबाट जिल्ला बाँके खजुरा गाउँपालिका–६ का २३ वर्षिय प्रकाश धामीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।
प्रहरीलाई देखेर धामीले लागु औषधको पुरिया निलेका थिए । प्रहरीले धामीलाई वान्ता गराई २ सय ४० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला पारेको थियो ।
बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बाँके खजुरा गाउँपालिका–२ ए गाउँका २६ वर्षिय गौरव बिक र २३ वर्षिय सन्देश खत्रीलाई शंका मानी चेकजाँच गर्दा लुकाई छिपाई राखेको ७ सय ८० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
बढैयाताल गाउँपालिका–८ सागुनघारी स्थित भे ३ प ९७१० नंम्बरको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा गुलरिया नगरपालिका–१ खैरापुरका २६ वर्षिय बिष्णु चौधरीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ५ ग्राम २ सय मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । लागु औषधसहित सातै जनालाई नियन्त्रणमा लिई अदालतबाट आइतबार ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।