काठमाडौं,वैशाख २४ / नेकपा माओव" />
बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट
बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित

काठमाडौं,वैशाख २४ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।

राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले भन्यो, ‘टाउकोमा टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’

नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ । स्वास्थ्यप्रति चासो राख्नेहरुलाई प्रचण्डको सचिवालय र पारिवारिक सदस्यहरुले मंगलबार राति बाथरुममा गएको बेला लडेर बाथटबमा निधार ठोक्किएकाले तीनवटा टाँका लगाउनु परेको जानकारी दिने गरेका छन् ।

प्रचण्ड अहिले घरमै आराम गरिरहेका छन् । प्रचण्डको सचिवालयका एक सदस्यले भने स्वास्थ्य सामान्य भएकाले नियमित काममा फर्किसकेको बताए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय