बिहिबार, बैशाख २५, २०८२
मा प्रकाशित
1617
Shares
काठमाडौं, वैशाख २५ / कैदी छुटाइदिने भन्ने जिल्ला अदालत नवलपरासीमा कार्यरत कम्प्युटर अपरेटर दुई लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बुधबार जिल्ला अदालतका कम्प्युटर अपरेटर राम लखन बनियालाई घुससहित पक्राउ गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
उनले लागुऔषधको मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय नवलपरासीमा रहेका व्यक्ति छुटाउन सहजीकरण गरिदिने बताएका थिए। त्यसका लागि घुस माग गरेको सूचना अख्तियारले पाएको थियो।
उक्त सूचनापछि अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बनियालाई पाल्दीनन्दन गाउँपालिका-३ बेलासुर चोकबाट पक्राउ गरेको प्रवक्ता पौडेलले बताए। उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।स्रोत सेतोपाटी