बर्दिया,बैशाख ३० / स्रोत नखुलेको नेपाली रकमसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–८ आशापुर स्थितबाट चेकजाँको क्रममा सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका भारतीय नागरिकको नाम गोप्य राखिएको छ । भारतीय मोटरसाइकलमा आईरहेका दुई जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ लाख २२ हजार नेपाल रुपियाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणका गणपति मानबहादुर शाहीले बताए ।
बरामद रकमको स्रोत नखुलेपछि आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको गणपति शाहीले जनाए ।
रकमसहित पक्राउ परेका दुवै जनाविरुद्ध शुक्रबार भन्सारमा चोरी पैठारी मुद्दा दर्ता भएको गुलरिया छोटी भन्सार कार्यालयका प्रमुख धन बहादुर शाहीले जानकारी दिए ।