सावित्री गिरी
कोहलपुर,बैशाख ३० / एउटा नेतृत्व सफल हुनको लागि पारीवारीक पृष्ठभुमी, शैक्षिक अनुभव, पारीवारीक सहयोग, सामाजिक हौसला तथा जिम्मेवारी बोध जस्ता थुप्रै कुराहरु अग्रस्थानमा ल्याउने गरीन्छ । तर लुम्बिनी प्रदेशका सांसद तथा बाँकेको कोहलपुर नगरपालिका बाँकेका पुर्व उपप्रमुख सन्जु कुमारी थारुको फरक अनुभव छ । सन्जु चौधरी विक्रम संवत २०७४ सालमा देश संघिय संरचनामा गइसकेपछि पहिलो पटक कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा बिजयी भएकी थिईन् ।
राजनीतीमा आउनु रहर नभई राजनीतीक परिस्थिती भएको उपमेयर सन्जुको भनाई छ । अहिले उनी लुम्बिनी प्रदेशका सांसद छिन् । सोमबार क्रियाशिल पत्रकार महिला बाँकेले कोहलपुरमा गरेको अन्र्तक्रिया कार्यक्रममा सण्डे क्लब अन्र्तगत क्रियाशिल पत्रकार महिला बाँकेले गरेको कार्यक्रममा उनले भनिन्,“हामिले जति नै ठुला कुरा गरेपनि जबसम्म छोरीहरुलाई शिक्षा दिइदैन । तबसम्म उनिहरुले उचित स्थान हासिल गर्न सक्दैनन । त्यसैगरी आर्थिक रुपमा सक्षम हुन सकेमा मात्र राजनीती लगायत नेतृत्व तहमा राम्रो स्थान हासिल गर्न सकिन्छ ।”
उनले जिवनमा निकै संघर्ष गर्न जरुरी रहेको बताउँदै आफू विगतमा उपप्रमुख भएर कार्य गर्दा थुप्रै चुनौतीहरु आएको बताए । आफू उपप्रमुख हुँदै गर्दा थारु समुदायमा हुने सिकलसेल थालेसिमिया रोग उपचारका लागि पहल,सामाजिक विकासका लागि बनाएका योजना कार्यान्वयन र पालिकाकाको विकासका लागि खेलेको भूमिकालाई स्मरण गर्दै आगमी दिनमा थप उत्प्रेरणा मिलेको सुनाईन् ।
अहिले लुम्बिनी प्रदेशको सांसद भएर काम गरीरहदा जनताका मुद्धामा प्रत्यक्ष सहभागी हुन पाएको अनुभव सुनाईन् । उनले युवा,महिला तथा बालबालिकाहरुको सवालमा सदैव आवाज उठाउने बताउदै यसपटक पनि लक्षित बर्गका कार्यक्रमहरुमा बजेट कार्यान्वयन गरेको जानकारी दिईन् ।
बाँकेको कोहलपुर नगरपालिका –५ रझेनामा मध्यमवर्गिय परिवारमा जन्मिएकी सांसद चौधरीले ब्यबस्थापन संकायमा स्नाकोक्तर गरेकी छन् भने अहिले एलएलबी अध्ययनरत छन् । राजनीतीक यात्रमा घरपरिवारको राम्रो सहयोग पाएको उनले जनाईन् । युवा नेतृ सन्जु कुमारी चौधरीले आज पत्रकार महिलाहरु संगको अन्र्तक्रियामा बोल्दै आगमी दिनमा राजनीती क्षेत्रमा थप ससक्त भएर लागि पर्ने उनले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातीक सांसदबीच मताधिकार बराबर हुने भएकाले बजेट कार्यान्वय देखी अधिकारका सवालमा विभेद गर्न नहुने धारणा राखिन् ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी, सञ्चारिका समुह बाँकेका अध्यक्ष पवित्रा पयिार र नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कमला हमाल लगायतले मन्तव्य राखेका थिए ।
उपस्थित पत्रकार महिलाहरुले सांसद सन्जु चौधरीलाई प्रश्न गरेका थिए । पत्रकार महिलाहरुले गरेको प्रश्नमा सांसद चौधरीले खुलेर जवाफ दिएकी थिईन् । साथै उनले महिला नेतृत्वको जिवनको सफलता, संघर्ष र कार्यअनुभवका बिषयमा अन्र्तक्रिया गरेकोमा खुशी समेत ब्यक्त गरिन् ।
कार्यक्रमका सहभागीहरुले राजनीतीक क्षेत्रमा कार्यरत महिलाहरुका साथै ग्रामिण क्षेत्रका ससक्त महिलाहरु बिच पनि यस्ता कार्यक्रम गर्न जरुरी रहको बताएका थिए । कार्यक्रममा नेपालगन्ज र कोहलपुर क्षेत्रका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलाहरुको सहभागीता रहेको थियो ।