बर्दिया, बैशाख ३१(फरकसमाचार) / आधारभुत बिद्यालयका प्रअ, महिला फोकल पर्सन र शिक्षकलाई यौन तथा प्रजनन शिक्षामा जोड दिन गुलरियामा पाँच दिनसम्म संचालन भएको तालिम मंगलबार सम्पन्न भएको छ ।
पाँच दिने कार्यक्रममा पाँच वटा स्थानीय तहका बिद्यालयका शिक्षक र शिक्षिकाको सहभागीता रहेको थियो । गुलरिया, मधुवन, बारबर्दिया, ठाकुरबाबा र गेरुवाका सात वटा आधारभुत बिद्यालयका शिक्षक र शिक्षिकाले तालिममा सहभागीता जनाएका थिए ।
यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिक्षामा जोड दिएर बिद्यालयलाई किशोर र किशोरी मैत्री बिद्यालयको वातावरण निर्माण गर्न पर्ने तालिमको लक्ष्य थियो ।
प्रजनन् स्वास्थ्य शिक्षामा खुल्न नसकेका शिक्षक र शिक्षिका मार्फत बिद्यालयलाई किशोर र किशोरी मैत्री बातावरण तयार पार्न तालिमले सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको कार्यक्रमका संयोजक सुरज अर्यालले बताए । उनका अनुसार स्वास्थ्यका बिषयमा सरल र सहज तरिकाले सिकाई आदान प्रदान गर्न सकियोस् भन्ने उदेश्यले तालिम आयोजना गरिएको हो ।
पाँच दिने कार्यक्रममा सहजिकरण राधाकृष्ण जनसेवा केन्द्र अन्र्तगत संचालित परियोजनाकी कर्मचारी सुमित्रा पौडेलले गरेकी थिईन् । कार्यक्रममा सहभागीले सुरुमा लजाएपनि तालिम अवधिभर समय सान्र्दभिक र अति आवश्यक बिषय भएकाले यौन तथा प्रजनन् स्वास्थ्यमा उत्साह साथ सहभागिता जनाएकोमा पौडेलले खुसी व्यक्त गरिन् ।
राधाकृष्ण जनसेवा केन्द्र र प्लान ईन्टरनेशनल नेपालको साझेदारी तथा कोईकाको आर्थीक सहयोगद्धारा संचालित पाँच दिने कार्यक्रम किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्र्तगत संचालन भएको हो । उक्त कार्यक्रममा सहभागिता जनाएका बिद्यालयका शिक्षक र शिक्षिकालाई सम्बन्धित पालिकाले छनोट गरेको थियो ।
पाँच दिनसम्म संचालित कार्यक्रममा प्रशिक्षक रामकृष्ण पराजुली र यमराज न्यौपालेले प्रस्तुति सहित कक्षा संचालन गरेका थिए । कार्यक्रमको समापनमा सहभागिको तर्फबाट हंस धामी र माधव पोखरेलले राम्रा पक्ष र सुझाब राखेका थिए । अर्का एक शिक्षकले बिद्यालयको कक्षा कोठा बन्द गरेर तालिम लिन पर्ने बाध्यता रहेको खुलाएर आयोजकले बिदाका समय यस्ता तालिम राख्दा उपयूक्त हुने सुझाब दिएका थिए ।
पाँच दिने कार्यक्रमको समापनमा राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ शिक्षक र शिक्षिकालाई गुरु वुवा र गुरु आमाको दर्जा दिएर बिगत देखि बिभिन्न नामले उच्च सम्मान दिएको बिषयमा चर्चा गरेका थिए । कार्यक्रमको अवधिभर सहभागि शिक्षक शिक्षिकाले गर्न पर्ने कर्तव्य र जिम्मेवारीको स्मरण गराउँदै कार्यक्रममा अध्यक्ष श्रेष्ठले समापन मन्तव्य राख्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।