चोरी कसुरका फरार प्रतिवादी पक्राउ
बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित

बर्दिया,जेठ १(फरकसमाचार) / चोरी कसुरमा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–६ का २१ वर्षिय बादल भुजुवालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

गत मंसिरमा जिल्ला अदालतले चोरी सम्बन्धि मुद्दामा भुजुवालाई १ महिना ६ दिन कैद र रु २ हजार जरिवाना तोकेको थियो । अदालतले जरिवाना तोकेदेखि भुजुवा फरार रहेका थिए ।

खोजतलासको क्रममा गुलरिया नगरपालिका–६ राधाकृष्ण चोक स्थित लुकिछिपी हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय