पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान
बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित

काठमाडौं,जेठ १ / राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा छलफल गर्दैछ । यो विधेयकको प्रतिवेदन तयार पारिसकेको छ । प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने तयारी रहेको समितिले जनाएको छ ।

समितिको बैठक दिउँसो १ बजे बस्दैछ । प्रस्तावित विधेयकका प्रत्यायोजित अधिकार अधिक रहेको भनेर सांसदहरूले आलोचना गर्दै आएका छन् । ९५ वटा ‘तोकिए बमोजिम’ शब्द विधेयकमा थिए ।

९१ वटा दफा रहेको विधेयकमा ९५ वटा तोकिए बमोजिम रहेको भनेर आलोचना भइरहेका बेला समितिले तोकिए बमोजिम शब्द घटाउने प्रयास गर्दैछ । अधिकार प्रत्यायोजन गरिएका विषय र दफालाई एकै ठाउँ राखेर तोकिए बमोजिम शब्द घटाउन लागिएको हो ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय