मोटरसाइकलले ठक्कर दिदाँ तीन जना घाईते
बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,जेठ १/ मोटरसाइकलले ठक्कर दिदाँ तीन जना घाईते भएका छन् । बढैयाताल गाऊँपालिका स्थित नेपालगंज गुलरिया हुलाकी सडक खण्डको मैनापोखर चोकमा बिहीबार बिहान मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्रीसहित तीन जना घाईते भएका हुन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको मधुवन नगरपालिका–७ का लोक बहादुर नेपालीले चलाएको भे १० प १०३५ को मोटरसाइकलले ठक्कर दिदाँ बाटो क्रस गर्दै गरेकी बढैयाताल गाउँपालिका– ७ कि सिता रानामगर घाईते भएकी छन् ।

त्यसैगरि मोटरसाइकलमा सवार मधुवन–७ का ८ वर्षका प्रह्लाद बिक र १५ बर्षका किरण प्रकाश विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानिय मेडिकलमा प्राथामिक उपचारपछि थप उपचारको लागी नेपालगंज पठाईएको ईप्रका मैनापोखरले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय