लागूऔषधसहित तीन पक्राउ
आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित

बर्दिया,जेठ ४ / लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिकाबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–२ फुटाहस्थित भारतको बलैई गाउँबाट शंकास्पद रुपमा नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्ला रुपन्देही सुध्दोधन गाउँपालिका–४ फर्सटिकरका २३ वर्षीय अमितबहादुर कार्कीलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । कार्कीले पर्सभित्र लुकाईछिपाई राखेको अवस्थामा १ सय ७ मिलीग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बढैयाताल–७ कर्णालीपुरबाट जिल्ला बाँके बैजनाथ गाउँपालिका–८ पिपीरीका २२ वर्षीय कमल शाही र २४ वर्षीय सागर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । भे १२ प ६८२१ नम्बरको स्कुटरमा सवार भई भारतको बलैई गाउँबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा प्लास्टिकभित्र हरियो तरकारी भिन्डीको कोसाभित्र लुकाई राखेको ३ सय २० मिलीग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद लिई इप्रका मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका गुलरियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय