आइतबार, जेठ ०५, २०८२
मा प्रकाशित
1529
Shares
काठमाडौँ, जेठ ४ / मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई एक किसानले दैलेखमा काँक्रो उपहार दिएका छन्।
जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमाकिसान नगेन्द्र खड्काले अध्यक्ष दाहाललाई काँक्रो उपहार दिएका हुन्।
डोकोमा बोकेर ल्याएको काँक्रो मध्ये खड्काले अध्यक्ष दाहाललाई दुई वटा काँक्रो उपहार दिएका थिए। उनी डोकोमा काँक्रो बोकेरै अध्यक्ष दाहालसहितका माओवादी नेताको स्वागतमा पुगेका थिए।
खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका खड्काले देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मेहनतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको बताए।नागरिकन्युजबाट साभार