बर्दिया,जेठ ९ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ स्थितबाट तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
भे १२ प ६६६३ नंम्बरको मोटरसाइकलमा सवार भई शंकास्पद रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला अछाम कमलबजार नगरपालिका–५ कुईकाका २३ वर्षिय दिक्षित तिमिल्सिना,बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका २५ वर्षिय दिपक सिजाली र २४ वर्षिय महेश राम घिमिरेको साथबाट लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ८ सय ७० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला पारी आवश्यक कारवाहीको लागि जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।