काठमाडौं,जेठ ९ / भौतिक पूर्वाध" />
भौतिक मन्त्रीको निर्देशन : अब कछुवाजस्तो घस्रिएर होइन, खरायोजस्तो तेज भएर काम गर्नू
शुक्रबार, जेठ १०, २०८२ मा प्रकाशित

काठमाडौं,जेठ ९ / भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन पूर्वाधारका योजना तथा आयोजनाहरूको निर्माण गति बढाउन निर्देशन दिएका छन्। सडक विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको वार्षिक एकीकृत सडक मर्मत योजनालाई संवोधनका क्रममा उनले चालु आर्थिक वर्षको बाँकी अवधिलाई अधिकतम उपयोग गर्न समेत निर्देशन दिए। ‘यो वर्षको समय सकिन लागेको छ, सबैभन्दा बढी काम गर्नु पर्ने बेला पनि यही हो,’ मन्त्री दाहालले भने, ‘अब कछुवा जस्तो घस्रिएर होइन, खरायो जस्तो तेज भएर काम गर्नु होला।’

आफूले जिम्मेवारी लिएदेखि नै रुग्ण आयोजनाहरूको समस्या समाधानमा प्राथमिकता दिएको उल्लेख गर्दै उनले समस्या देखिएका आयोजनाहरूको समाधानतर्फ लाग्न समेत निर्देशन दिए। अब सुरु हुने कुनै पनि आयोजनाहरू अलपत्र हुन नदिन ध्यान दिन उल्लेख गर्दै मन्त्री दाहालले समस्या लुकाउने नभई सामूहिक प्रयासबाट समाधान खोज्न पनि आग्रह गरे।

वर्षायाम सुरु हुन लागि सकेकाले क्षति भएका तथा निर्माणाधीन सडकहरूमा यातायात अवरुद्ध हुन नदिने गरी विकल्प तयार पार्न भन्दै उनले अधिकतम श्रोत साधन परिचालन गरेर भए पनि यातायात अवरुद्ध हुन नदिन समेत निर्देशन दिए।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत रुग्ण आयोजनाहरूको समस्या समाधानमा ध्यान दिन निर्देशन दिँदै योजना, आयोजनाहरू अलपत्र पार्ने क्रम रोक्न आग्रह गरे। कार्यक्रम सडक विभागका महानिर्देशक रामहरी पोखरेलको अध्यक्षतामा भएको हो।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय