आइतबार, जेठ १२, २०८२
मा प्रकाशित
1315
Shares
बर्दिया,जेठ ११ / सर्पको टोकाईबाट ३८ वर्षिय महिलाको मृत्यु भएको छ ।
मधुवन नगरपालिका–१ की ३८ वर्षिय हिरा थारुको शुक्रबार दिउँसो मृत्यु भएको हो । बिहीबार खेतमा काम गरिरहेको बेला उनलाई सर्पले टोकेको थियो ।
बर्दियामा उपचार सम्भव नभएपछि उनलाई बाँके स्थित भेरी अस्पतालमा पु¥याईएको थियो । उपचारको क्रममा शुक्रबार दिउँसो थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।