कुलोमा पानी ल्याउन चार हजार बढी किसानले गरे श्रमदान
आइतबार, जेठ १२, २०८२ मा प्रकाशित

बर्दिया,जेठ ११ / राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सिँचाइका लागि कुलोमा पानीको अभाव भएपछि किसानले श्रमदान गरेर कुलोमा पानी ल्याएका छन् । शुक्रबार दुई पालिकाका चार हजार भन्दा बढी किसानले श्रमदान गरी कुलोमा पानी ल्याएका हुन् ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान सुपर जोनको रुपमा विकास गर्नका लागि लगानी गरेको छ तर मल, बीउ, मेसिन लगानी गरेको भएपनि सिँचाइको लागि उचित व्यवस्थापन नहुँदा वर्षेनी किसानले सिँचाइका लागि पानीको अभाव भोग्दै आएका छन् ।

कर्णाली नदीको पानी खेतबारीसम्म ल्याउनका लागि प्रत्येक वर्षझैँ स्थानीयले स्थानीय स्तरमा पाइने स्रोत साधनको प्रयोग गरेर कुलोमा पानी ल्याएका छन् । करिब एक सय भन्दा बढी ट्रयाक्टरमा स्याउला ल्याएर स्थानीयले श्रमदान समेत गरी बुढी कुलोमा पानी ल्याइएको स्थानीय दयाराम वैद्यले बताए ।

गेरुका गाउँपालिकाका यज्ञविक्रम शाहीले सरकारले चैते धान लगाउन प्रोत्साहन गरेको छ, तर चैते धानमा सिचाँइ गर्नका लागि पानी नहुदाँ किसानले वर्षेनी समस्या भोग्नु परेको बताए ।

उनले भने, ‘गेरुवा र राजापुरका किसानले ज्यानको बाजी राखेर पानी ल्याउन काम गर्दा समेत स्थानीय ,प्रदेश र केन्द्रिय सरकारको आँखा अझै पुग्न सकेको छैन् ।’ बर्दियामा यस वर्ष राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिका गरी करिब आठ सय हेक्टरमा चैते धान खेती गरिएको छ । स्रोत नयाँपत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय