बर्दिया,जेठ ११(फरकसमाचार)/ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हुलाकी सडक खण्ड मधुवन नगरपालिका–८ लालसिंह चोक स्थित शनिबार राती साढे ११ दुर्घटना हुँदा गुलरिया नगरपालिका–२ का २९ वर्षिय देवानन्द यादव र मधुवन नगरपालिका–८ लालीबजारका ४७ वर्षिय टंक बहादुर बिसीको मृत्यु भएको हो ।
देवानन्दले चलाएको भे १३ प २६६९ नंम्बरको मोटरसाइकल मधुवनबाट गुलरियातर्फ र बिसीले चलाएको भे ६ प ५४१ नंम्बरको मोटरसाइकल गुलरियाबाट मधुवनतर्फ गईरहेको बेला एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा तीन जना गम्भिर घाईते भएका थिए । घाईते तीनै जनालाई उपचारको लागि प्रहरीले तत्काल बर्दिया अस्पताल पु¥याएको थियो ।
उपचारको क्रममा राती साढे १२ बजे देवानन्द यादव र टंक बहादुर बिसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घाईते गुलरिया नगरपालिका–२ का ३३ वर्षिय अनुपम यादव थप उपचारको लागि नेपालगंज नर्सिङहोममा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।