ज्ञानेन्द्र पोखरेल
बर्दिया,जेठ १२/ अखिल नेपाल किसान महासंघ बढैयाताल गाउँपालिका कमिटीको अध्यक्षमा रामहर्ष थारू र्निविरोध चयन भएका छन् । दास्रो अधिवेशनले आइतबार अध्यक्षमा थारुसहित ११ सदस्यीय कार्यसमिति र्निविरोध चयन गरेको हो ।
उपाध्यक्षमा मधु थारू, सचिव नारद मुनी थारू, उपसचिवमा शालिकराम थारू, कोषाध्यक्षमा सुमित्रा पौडेल चयन भएका छन् । त्यसैगरि सदस्यमा ईश्वरी प्रसाद थारू, राम बुझावन थारू लगायत रहेका छन् ।
दोस्रो अधिवेशनका प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य बिर बहादुर थारूले निर्वाचित कार्यसमितिलाई महासंघको बिधान अनुसार शपथ ग्रहण गराएका थिए ।
अधिवेशनको उद्घाटन सत्रको कार्यक्रम निर्मला आर्चायको सभापतित्वमा सम्पन्न भएको थियो भने बिषेश अतिथि नेकपा एमाले बढैयाताल गाउँपालिका कमिटीका अध्यक्ष प्रेमराज त्रिपाठीलगायत ५० जना प्रतिनिधि सहभागीता रहेको थियो ।