बर्दिया,जेठ १२(फरकसमाचार) / गुलरियामा रात्रीकालिन क्रिकेट प्रतियोगिता हुँदैछ । बर्दिया कृष्णसार स्पोर्ट क्लबको आयोजनामा यही जेठ १६ गते देखि रात्रीकालिन क्रिकेट प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता जेठ २६ गतेसम्म चल्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । गुलरिया नगरपालिका–४ कभर्ड हल खेल मैदानमा राति साढे ७ बजेदेखि १२ बजेसम्म प्रतियोगिता हुने जनाईएको छ ।
जेठ १० देखि टिम इन्ट्री सुरु भएको क्लवका सचिव मेहमुद सिद्दिकीले बताए । ‘जेठ १५ गतेसम्म टिम इन्ट्रीको समय तोकिएको छ, प्रतियोगितामा देशभरबाट टिमले सहभागिता जनाउन सक्छन्, प्रतियोगितामा २० वटा टिम सहभागि गराईनेछ,’उनले भने,‘टिम इन्ट्री फि रु ६ हजार लाग्नेछ ।’
आयोजना गरिएको रात्रीकालिन प्रतियोगिता सफल बनाउन सबैले हातेमालो गर्न बर्दिया कृष्णसार स्पोर्ट क्लबका अध्यक्ष खेम बहादुर अधिकारीले बताए ।
रात्रीकालिन क्रिकेट प्रतियोगिता सफल बनाउन संचारकर्मीले व्यापक रुपमा प्रचार प्रसार गर्ने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार र द्वितिय हुने टिमलाई रु २५ हजारले पुरस्कृत गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा रु ६ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामा १२–१२ ओभरको खेल खेलाईने, टिमका खेलाडी डे«समा आउनुपर्ने र टेनिस बलले खेलाईने सबै गेम नकआउट चरणमा खेलाईने आयोजकले जनाएको छ ।