बर्दिया,जेठ १४ / चोरी कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी खोजतलासको क्रममा दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ का २७ वर्षिय केश बहादुर शाही र मधुवन नगरपालिका–८ गाउँ नंम्बर ५ का २२ वर्षिय भुपेन्द्र क्षेत्री रहेका छन् ।
जिल्ला अदालतले शाहीलाई विस २०८१ साल मंसिर ५ गते चोरी सम्बन्धि मुद्दामा २० दिन कैद, रु ३ हजार जरिवाना र रु २ सय राहत कोषमा जम्मा हुने गरि सजाय फैसला गरेको थियो । त्यसैगरि विस २०८१ बैशाख १६ गते चोरी मुद्दामा अदालतले क्षेत्रीलाई १० दिन कैद, २ हजार जरिवाना र रु २ सय राहत कोषमा जम्मा हुने गरि सजाय फैसला गरेको थियो ।
अदालतले सजाय तोकेदेखि दुवै जना फरार रहेका थिए । दुवै जनालाई प्रहरीले खोजतलास गरि आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।