सिडिओ शर्माको निर्देशनमा चितुवा समात्न निकुन्ज,एनटिएनसि र वनका प्राबिधिक टोली परिचालन
बुधबार, जेठ १५, २०८२ मा प्रकाशित

बर्दिया, जेठ १४
गुलरिया नगरपालिका वडानं. ५ बालापुर गाउँकि बालिकाको चितुवाको आक्रमण मृत्यु भएपछि आक्रोषित भिड तत्कालका लागि मत्थर भएको छ ।घरमा खेलिरहेको अवस्थामा चितुवाका आक्रमणबाट सात बर्षिय सायरा चौधरीको मृत्यु भएको हो । मृतको शब अहिले बर्दिया अस्पतालमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको निर्देशनमा निकुन्ज,एनटिएनसि र वनकर्मीको प्राबिधिक टोलीले आक्रमणकारी चितुवाको खोजी सुरु गरेपछि आक्रोषित भिँड मत्थर भएको हो ।
घटना लगत्तै प्रजिअ शर्माको नेतृत्वमा प्रहरी उपरीक्षक केदार खनाल, सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाही र डिएसपि चक्र बहादुर डम्बरपाल र पिडित परिवारसँगको छलफलपछि बर्दिया निकुन्ज मुख्यालय ठाकुरद्धाराबाट तत्काल आएको प्राबिधिक टोली चितुवा नियन्त्रणका लागि खटिएको थियो । आक्रोषित भिँडले केहि बेर जिल्ला प्रशासन कार्यालय अघि प्रर्दशन गरेपनि अहिले घर फिर्ता भएका छन् ।
चितुवा समात्ने प्राबिधिक टोली तत्काल झिकाएको र पिडित परिवारसँग छलफल गरेपछि आक्रोषित भिँड मत्थर भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताईन ।‘एकदम पिडादायी घटना घट्यो,सिंगो सुरक्षा समित शोकमा छ’उनले भनिनि,‘घटना घट्यो समस्या समाधान तर्फ सबै उन्मुख हुन पर्छ,घटना नदोहोरियोस भन्ने हो ।’उनका अनुसार स्थलगत प्राबिधिक टोलीले चितुवा नियन्त्रण लिन सक्ने अबस्था देखियो भने हात्ती परिचालन गरेर भएपनि चितुवा नियन्त्रणमा लिनुको बिकल्प छैन । यसअघि गाउँ नजिकको सामुदायिक वनमा लुकेर बसेको चितुवाले सोहि गाउँका एक जना बालक र बृद्धलाई आक्रमण गरेर घाईते बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय