बर्दिया,जेठ १५(फरकसमाचार) / बारबर्दिया नगरपालिकाको गाडीले ठक्कर दिदाँ दुई जना घाईते भएका छन् । नगरपालिकाको गाडीले बिपरीत दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिदाँ गुलरिया गणेशपुरका अरुण तमौलि र मोटरसाईकलमा सवार बढैयाताल गापा ८ बस्ने सुगम आचार्य घाईते भएका छन् ।
बढैयाताल गाउँपालिका ८ स्थित बर्मेलि टोल स्थित नेपालगंज–गुलरिया सडकखन्डमा बारबर्दियाको स्कारपियो गाडीले ठक्कर दिएको प्रहरीले बताएको छ । बारबर्दिया नगरपालिकाको गाडी गुलरियाबाट नेपालगंज तर्फ जादै गरेको थियो ।
प्रहरीले बारबर्दिया नगरपालिकाको भे १ झ ३०९ नम्बर स्कारपियो र चालक शिवराज दहितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । बिपरीत दिशाबाट आएको मोटरसाईकल प्रहरीको नियन्त्रणमा छ । घटना लगत्तै कालिका प्रहरी चौकिबाट प्रहरी सहायक निरिक्षक बसन्त रोकायको टोली घटनास्थल पुगेको थियो ।