बर्दिया, जेठ १६ (फरकसमाचार)/ राजापुर नगरपालिकाको रक्त संचार केन्द्रमा बिहिबार रगत जम्मा भएको छ । राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालको नेतृत्वमा रक्त संकलनमा राजापुरका नगरपालिका कर्मचारी, व्यबसायी, बुद्धिजिबि र समाजसेविको सक्रियता रह्यो ।
राजापुर अस्पतालमा आउँने बिरामी रगत चढाउँन परेमा व्यक्ति व्यक्ति विच समन्वयको आधारमा रगत दान गर्ने चलन थियो । एक वर्ष अघि देखि रक्त संचार केन्द्र संचालनमा रहेपनि रगत जम्मा नहुँदा बिरामीले सास्ती खेप्न परिरहेको छ ।
बिहिबार सात प्वाईन्ट रगत संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए । उनका अनुसार बिरामीले समयमा रगत नपाउँदा रिफर गर्न पर्ने र बिरामीको स्वास्थ्यमा जोखिम हुने गरेको थियो । ‘बिभिन्न संघ संस्थाले रगत संकलन गरेपनि राजापुरमा रगतको अभाव सधै रहन्छ,’उनले भने,‘बिरामीलाई समयमा रगत चढाउँनका लागि रक्त संकलन अभियानलाई राजापुर तिब्र पार्नु पर्छ ।’
राजापुरबाट समय समय रेडक्रस र यूनिक संस्थाले रक्त अभियान संचालन गर्ने गरेका छन् । राजापुर रगत संकलन भएपनि सदरमुकाम गुलरिया संकलन गर्ने पूरानो चलन हो । राजापुर नगर अस्पतालमा अधिकांश सिकलसेल, गर्भवति र थालिसेनियाका विरामी भर्ना हुने गरेका छन् । यस्ता किसिमका बिरामीलाई तत्काल रगत चढाउँन पर्ने उल्लेख गर्दे रगत संकलन अभियानलाई सबैले हातेमालो गर्न सके बिरामीलाई राहत पुग्ने छ ।