चितुवा समात्न श्यामकलि र शान्तीकलि मैदानमा उत्रिए
शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित

बर्दिया,जेठ १६ / चार महिना भित्र चार जनालाई आक्रमण गरेर दुई बालिकाको ज्यान लिएको समस्याग्रस्त चितुवा नियन्त्रणमा लिन निकुन्ज मुख्यालय ठाकुरद्धाराबाट श्याम कलि र शान्ती कलि नामका दुई हात्ती गुलरिया नगरपालिका ५ स्थित बालापुर सामुदायिक वनको मैदानमा उत्रिसकेका छन् ।

निकुन्जको मुख्यालय ठाकुरद्धाराबाट बिहिबार बिहान २ बजे हिँडेका हात्ती गुलरिया दिउँस दुई बजे पुगेका थिए । बुधवार सात बर्षिय सायरा चौधरीको ज्यान लिएको चितुवालाई नियन्त्रणमा लिन केज र डार्ट गन प्रयोग गरिएपनि चितुवा नियन्त्रणमा आउँन नसकेपछि शान्तिकलि र श्यामकलि मैदानमा उत्रिएका हुन् । आक्रमणपछि चितुवा वस्तीमा देखिएको स्थानीय बताउँछन् ।

चालिस किलोमिटर यात्रा तय गरेर गुलरिया पुगेका दुई हात्ती कम्तिमा दुई घन्टा रेष्ट गर्नेछन् । भोकाएका हात्ती चरेर फर्केपछि चार बजेबाट समस्याग्रस्त चितुवाको खोजीमा जुट्नेछन् । हात्तीसँग हात्ती चालक(माहुते),वन्यजन्तु प्राबिधिक सहित १२ जना दक्ष जनशक्तिले समस्याग्रस्त चितुवाको खोजी गर्नेछन् ।

जंगलि हात्तीले प्रति घन्टा चालिस किलोमिटरको यात्रा गर्न सक्ने निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । ‘जंगलि हात्ती जस्तो घरेलु हात्तीले दौडधुप गर्न सक्दैन,’उनले भने,‘समस्याग्रस्त वन्यजन्तु छोप्न सिपालु हात्ती परिचालित गरिन्छ ।’ आफ्नो कार्यकालमा समस्या ग्रस्त चितुवालाई नियन्त्रणमा लिन पहिलो पटक गुलरिया हात्ती पठाएको उनको भनाई छ ।

श्याकली निकुन्ज हात्ती हो भने शान्तिकलि एनटिएनसि संस्थाको स्वामित्वमा रहेको छ । गुलरिया नगरपालिका वडा नं. ५ बालापुर गाउँकि बालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि पडित परिवार शोकमा छ भने स्थानिय आक्रोषित छन् । मृतको शब अहिले बर्दिया अस्पतालमा राखिएको छ । चितुवालाई नियन्त्रणमा नलिएसम्म शब नबुझ्ने परिवारको अडान दुई दिन देखि कायम छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको निर्देशनमा निकुन्ज,एनटिएनसि र वनकर्मीको प्राबिधिक टोलीले आक्रमणकारी चितुवाको खोजी सुरु गरेपछि चितुवा नियन्त्रण्मा आउँनेमा स्थानीय आशाबादी छन् । समस्याग्रस्त चितुवाबाट अर्को क्षति हुन नदिन त्यस क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी व्यापक रुपमा परिचालित गरिएको छ ।

घटना लगत्तै प्रजिअ शर्माको नेतृत्वमा सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाही र डिएसपि चक्र बहादुर डम्बरपाल र पिडित परिवारसँगको छलफल गरेको थियो । प्रशासनले समस्याग्रस्त चितुवा नियन्त्रणमा लिन पहल लिएपछि पिडित परिवारको घाउमा मल्हम लागेको छ । जिल्ला सुरक्षा समितिको टोलीले घटना स्थल पुगेर चितुवा नियन्त्रण कार्य अघि बढाउँन प्राबिधिक टोलीलाई निर्देशन दिएको प्रजिअ रुद्रा देवि शर्माले जानकारी दिईन ।‘

प्राबिधिक टोलीलाई बस्तुस्थिति अवगत गराउँछौ’उनले भने,‘दक्ष जनशक्ति परिचालित छ सकारात्मक रिजल्ट आउँला भन्ने आशा गरौ ।’ उनका अनुसार वनकर्मी, िनकुन्जकर्मी, सुरक्षाकर्मी र एनटिएनसिका वन्यजन्तुको प्राबिधिक टोली समस्याग्रस्त चितुवा नियन्त्रणमा लिन अघि बढिसकेको छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय