सोमबार, जेठ २०, २०८२
मा प्रकाशित
1865
Shares
बर्दिया,जेठ १९(फरकसमाचार)/ सिसम जातको अबैध काठसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बा“सगढी नगरपालिका–७ देउडाकला स्थितबाट सिसम जातको अबैध काठसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
बाँसगढी नगरपालिका–७ मोतिपुरका २१ वर्षिय प्रितम कुमार थारुले चलाएको भे १ त ७७३० नंम्बरको ट्याक्टरमा लोड गरि लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद सिसम जातको ९ गोलिया काठ ८६ दशमलव ८३ क्युफिट मुल्य रु ५४ हजार ३ सय बराबर रहेको प्रहरीले जनाएको छ ।
काठ, ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय बाँसगढीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।