ठुलो परिमाणमा अबैध क्रिम बरामद
बुधबार, जेठ २२, २०८२ मा प्रकाशित

बर्दिया,जेठ २१(फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउ“पालिका–२ दाउरी चोक स्थितबाट प्रहरीले अबैध सामान बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ डल्लपमा राखी ठुलो परिमाणको क्रिम ल्याईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

४४ पेटीभित्र ७ हजार ३ सय ९२ डिब्बा छालामा लगाउने क्रिम र डल्लप नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय