बर्दिया,जेठ २१(फरकसमाचार) / कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउ“पालिका–९ जुक्तिनगरका ३६ वर्षिय जगतराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
इप्रका मैनापोखरका प्रमुख प्रहरी निरीक्षक राजेश कुमार तेलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गेरुवा गाउ“पालिका–५ पशुपतिनगर स्थितबाट थारुलाई पक्राउ गर्न सफल भएको हो ।
बढैयाताल गाउ“पालिका–९ का २७ वर्षिय तिल्कु थारुलाई जगतराम थारुले कुटपिट गरि शक्त घाईते बनाई फरार भएका थिए । बा“केको भेरी अस्पतालमा उपचारको क्रममा विस २०६७ साल फागुन ४ गते घाईते थारुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त मिति देखि जगतराम फरार रहेका थिए । पशुपतिनगर स्थित लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई इप्रका मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।