बर्दिया,जेठ २२(फरकसमाचार) / लागू औषध ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउ“पालिका–८ कण्ठपुर चेकपोष्ट स्थितबाट दुई जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ का २५ वर्षिय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षिय राजितराम चौधरी छन् । दुवै जना बा ५० प ७७३३ नंम्बरको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको बेला नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीले दावी गरेको छ । हेल्मेटभित्र लुकाई छिपाई राखेको २ सय ६० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।