साल जातको अबैध चिरान काठ बरामद
शुक्रबार, जेठ २४, २०८२ मा प्रकाशित

बर्दिया,जेठ २३(फरकसमाचार)/ बेवारिसे अवस्थामा राखिएको साल जातको अबैध चिरान काठ प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–३ स्थित राखिएको अवस्थामा अबैध चिरान काठ प्रहरीले बिहीबार दिउँसो बरामद गरेको हो ।

टाँचा नलगाएको चिरान काठ ८१.१५ क्युफिट अन्दाजी बजार मुल्य रु ३ लाख ६५ हजार १ सय ७५ बराबर रहेको प्रहरीले जनाएको छ ।

फेला परेको अबैध काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय