आइतबार, जेठ २६, २०८२
मा प्रकाशित
1345
Shares
काठमाडौं,जेठ २५ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ।
सरकारले गत वर्ष भदौमा पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको जनाइएको छ।नागरिकन्युजबाट साभार