बर्दिया,जेठ २६(फरकसमाचार) / लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–७ का २२ वर्षिय डिल बहादुर बस्नेत र वडा नं. ५ का २२ वर्षिय झलक डाँगीलाई प्रहरीले लागू औषध ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो ।
शंकास्पद रुपमा रहेका दुवै जनालाई मधुवन नगरपालिका–७ स्थित गोपाल चोक स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीको जनाएको छ ।
लुकाई छिपाई प्लाष्टिकमा राखेको २ सय ५० मिलीग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंङको गिलो पदार्थ फेला परेको प्रहरीले खुलाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इप्रका ढोढरीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।