लागू औषधसहित तीन जना पक्राउ
मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित

बर्दिया,जेठ २७ / लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–७ का २६ वर्षीय सुरज सुनार, २७ वर्षीय सुमित विक र जिल्ला बाँके बजैनाथ गाउँपालिका–४ तिलकपुरका २२ वर्षीय पारस थारु रहेका छन् ।

बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित भारतको बलैई गाउँबाट बागमती प्रदेश ०२०५५ प ७८५१ नम्बरको मोटरसाइकलमा सवार भई सुनार र विक नेपालतर्फ शंकास्पद रुपमा आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको साथबाट १ ग्राम २ सय २० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धूलो पदार्थ फेला परेको जनाइएको छ ।

त्यस्तै बढैयाताल गाउँपालिका–२ फुटाह ९ नम्बर चोकस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा १ ग्राम ५ सय ४० मिलिग्राम लागू औषधसहित बाँकेका थारु पक्राउ परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरी इप्रका मैनापोखरमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय