लक्कडबाबा मेला स्थलमा भारतीय सरकारको हस्तक्षेप
मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित

बर्दिया,जेठ २७(फरकसमाचार) / नेपाल भारतको सीमावर्ती पर्ने मुर्तीहा संरक्षित वनमा लाग्ने लक्कडबाबा मेला अस्तित्व समाप्त पार्न भारतीय सरकार पक्षले हस्तक्षप गरेर त्यहाँ स्थित संरचना हटाएको छ । लक्कडबाबा समाधि भारतीय संरक्षित वन कतरनिया–मुर्तीहा जंगलको विच भागमा रहेको थियो । भारतीय पक्षले लक्कडबाबा स्थलमा निर्माण भएका संरचना सुरक्षावलले मंगलबार हटाएको हो । भारतीय सुरक्षाकर्मीका स्रोतका अनुसार लक्कडबाबा परिसरमा रहेका संरचना हटाएर बृक्षारोपण गरिसकेको छ ।

बर्षो पहिले देखि उक्त लक्कडबाबाको समाधि वा मन्दिरलाई नेपाली धर्मावलम्बिले समेत पुज्दै आएका थिए । पछिल्लो समय लक्कडबाबा मन्दिरमा मुस्लिम धर्मावलम्बि ज्यादातर वा हरेक शुक्रबार टाढा टाढाबाट आएर नवाज पढ्ने गरेका थिए । नेपालीले बर्षको एक दिन वा जेठको अन्तिम शुक्रवार बर्दिया जिल्लाका आठ वटा स्थानीय तहबाट मेला भर्न लक्कड बाबा मेला जाने गरेका थिए । उक्त मेला हेर्न जादा भारतीय पक्षका पेशेवर चोर र डाकाको लुटमा पर्दा मेला भर्न जानेको संख्या कम हुदै गएको सीमावर्तीका स्थानीयको भनाई छ ।

एक पक्षिय ढंगले भारतीय पक्षले धार्मीकस्थल हटाएकोमा नेपालीको चर्को बिरोध रहेको छ । भारतीय पक्षले वन अतिक्रमण गरेको निष्र्कष निकालेर मेला लाग्ने स्थानलाई क्षतबिक्षत गरेको पाईएको छ ।

लक्कडबाबा समाधिस्थल वरपर जेठ महिनको अन्तिम शुक्रबार श्रद्धालुहरु मेला हेर्न हजारौ संख्यामा जाने गरेका थिए । मुस्लिम समुदायका हरेक शुक्रवार समाधिमा चाँदर चढाएर फर्कने गर्थे भने हिन्दु धर्मावलम्बिको लक्कडबाबाको समाधिस्थललाई तिर्थाटनको रुपमा पुज्ने हुनाले लक्कडबाबा मन्दिरको नामले समाधिलाई चिनिदै आएको थियो ।

चर्को गर्मीमा लक्कडबाबा मेला भरेर फर्केकालाई पानीको व्यबस्था गरेर पानी दिने भक्तालु थिए भने कतिपय नेपाली देखेर लुट मच्याउँने हुनाले लक्कडबाबा मेला नेपाल भारतका सुरक्षाकर्मीलाई टाउको दुखाईको बिषय बनेको थियो । जेठको अन्तिम शुक्रवार वा जेठ ३० गते उक्त मेलामा हजारौं मानिसको उपस्थित हुने गरेको थियो ।

लक्कडबाबा मेलाबाट खेलौना,सस्तो कपडा किन्न खाद्याान्नका लागि मेला भर्न नेपाली पुग्ने गरेका गर्दथे । भारतीय व्यबसायीले नाच,गान,नोटंक्कि लगायतका कला प्रस्तुत गर्ने कलाकार टाढा टाढाबाट बोलाउँने गर्दा लक्कडबाबा मेला स्थल बर्षको एक दिन बजारको रुपमा स्थापित भईरहेको थियो ।

भारतीय पक्षमा ऐतिहासिक रुपमा रहेको लक्कड बाबा परिसरलाई क्षतिबिक्षत गरेको खबर फैलिएरसँगै सीमा क्षेत्रमा नेपाल आर्म फोर्सले व्यापक रुपमा सुरक्षा निगरानी गरिरहेको छ भने भारतीय पक्षका सुरक्षाकर्मीले सीमावर्ती भाारतीय बजार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालित गरेर सुरक्षासर्तकर्ता अपनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय