बिलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित

बर्दिया,जेठ ३० (फरकसमाचार) / सुनमा लगाउन खोजिएको बिलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलित सुनचाँदी व्यवसायीले बिहीबार गुलरियामा ¥याली निकाली विरोध प्रदर्शन गरेका हुन् । विरोध ¥यालीमा जिल्ला स्थितका सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको थियो । बर्दिया सुनचा“दी व्यवसायी संघ र चा“दी व्यवसायी संघ बर्दियाको संयुक्त आयोजनामा विरोध ¥याली निकालिएको थियो ।
बर्दिया सुनचा“दी व्यवसायी संघको अगुवाईमा गुलरिया नगरपालिका–७ स्थित आ“प बगैंचाबाट निकालिएको विरोध ¥याली गुलरिया बजार परिक्रमा गरि उद्योग वाणिज्य संघको सभाहलमा पुगेको थियो । यस्तै बर्दिया जिल्ला स्थित रहेका सुनचाँदी व्यवसायीले बिहीबार र शुक्रबार पसल बन्द गरेर विरोधमा उत्रिएका छन् ।
बजारमा सुनको भाउ आकासिदै गएको बर्दिया सुनचाँदी व्यवसायी संघका अध्यक्ष विष्णु कुमार सुनारले बताए । ‘त्यसमाथि सरकारले लागु गर्न खोजेको नया“ करले उपभोक्तामाथि आर्थिक भार पर्नेछ,’उनले भने,‘यसले गर्दा सुनचा“दीको चोरी पैठारी बढ्ने र हामी सुनचा“दी व्यवसायी, कालीगढ र मजदुरको जिविकोपार्जन धरासायी हुनेछ ।’ सुनचाँदी व्यवसायीको मागलाई सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्ने अध्यक्ष सुनारको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय