रातो भएर छिरेका तिमी,
कालो भई विर्सजन हुन्छौ ।
तिम्रो नियति !
राम्रो हुनु थिएन कि ?
माकुराका भुराहरुले लुछ्न थालेपछि,
आमाको मुत्यू अवश्य थियो ।
तिमीले बुझेर पनि केही गर्न सकिनौ ।
तिमीलाई कहिले माथिकाले त,
कहिले माफियाले गिजोल्छन ।
अषाढ कुर्दै बसेको एक बर्षे वजेट !
निरीय हुदैं,
निजहरुकै खल्ती तताउछौं ।
विडभ्वना !
सदनमा तिमीलाई लडाईन्छ ।
कुर्ची भाँचिन्छन् ।
कार्यपालिकामा फेरी लडाईन्छ ।
गाली र ताली बोल्छ ।
त्यही भएर तिमी,
चल्ती देखि खल्ती सम्म,
पुग्नु पर्ने तिम्रो बाध्यता !
धन्य छौ तिमी,
साईलीको भट्टी देखि,
पटुकीले वाँधेको कट्टीसम्म,
गोल्ड स्टार देखी फाईव स्टारसम्म,
तिम्रो उपस्थीति अपरम्पार छ ।
धन्य हौ तिमी,
यो वर्ष यस्तै भयो ।
आर्को वर्ष ,
यदि तिमीलाई याद आएछ भने,
कर्णालीको राजीपुर देखी घुस्रा सम्म,
भादाको तटवन्ध देखि गएको अफीस फर्काउने सम्म,
विन्ती छ,
तिमी पुगी देउन ।
वाटो विराएर पनि,
कसैको खल्ती खोज्दै नजानु,
वस् यत्ति मात्र।

