२ हजार ९ सय ८४ विद्यार्थी एसईईमा उत्तीर्ण
सोमबार, असार १६, २०८२ मा प्रकाशित

बर्दिया,असार १५(फरकसमाचार)/ जिल्ला स्थित २ हजार ९ सय ८४ विद्यार्थी २०८१ सालको एसईईमा उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक गरेको माध्यमिक तह एसइइको नतिजाले जिल्ला स्थित २ हजार ९ सय ८४ उत्तीर्ण भएका हुन् ।

उक्त नतिजापछि अभिभावकहरुले आफ्नो छोराछोरीको नतिजा सामाजिक सञ्जालमा पोष्ट्याउदै बधाईसमेत दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको अनुसार गत वर्ष भन्दा यस वर्षको एसईईको नतिजा राम्रो आएको छ । गत वर्ष देशभरि ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष देशभरि ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

लुम्बिनी प्रदेशमा ९७ हजार ८ सय ८७ जान विद्यार्थी उत्तीर्ण भएका छन् । बर्दिया जिल्लाबाट ५ हजार २ सय ८९ सहभागी मध्ये २ हजार ९ सय ८४ जना विद्यार्थी उत्तीर्ण भएका छन् र २ हजार १ सय ५३ जान ग्रेड वृद्धि तर्फ उन्मुख भएका छन् ।

उत्तीर्ण विद्यार्थी मध्ये आरती पौडेलले ४ जीपीए ल्याएर जिल्लाको प्रथम विद्यार्थी बन्न सफल भएकी छिन् । २ सय १४ जानाले ३.६ देखि ३.९९ जिपीए, १ हजार ६ सय ४२ जानाले २.८ देखि ३.६ जिपीए र २ सय २६ जानाले २.० देखि २.८ जिपिए ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर