सशस्त्रको २४औँ वार्षिकोत्सवमा विविध कार्यक्रम
मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित

बर्दिया,असार १७ (फरकसमाचार) / सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको विविध कार्यक्रम गरिएको छ । वार्षिकोत्सवको अवसर मन्दिर सरसफाई, रक्तदान र सम्मान कार्यक्रम गरिएको हो ।

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघ चन्द्रौटा कपिलवस्तुको आयोजना, सशस्त्र प्रहरी बल नेपाल नेपाल नंम्बर ३१ गण हेड क्वाटर बर्दियाको समन्वय र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गण हेड क्वाटरका गणपति मान बहादुर शाहीलगायत सिनियर अधिकृत, जुनियर अधिकृतलगायत प्रहरी जवानहरुले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा १५ जना सशस्त्र प्रहरीहरुले एक एक पिन्ट रक्तदान गरेको जनाईएको छ ।

सशस्त्र प्रहरीद्वारा गरिएको रक्तदानमा संकलन भएको १५ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित लारी रक्त संचार केन्द्रमा राखिने र अस्पतालमा उपचाररत बिरामीलाई उपलब्ध गराईने जनाईएको छ ।

गुलरिया नगरपालिका–७ स्थित रहेको बगलामुखी भगवती मन्दिर परिसर सशस्त्र प्रहरीद्वारा आइतबार सरसफाई गरिएको छ । त्यसैगरि आज मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले बर्दियाका दुई जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । जिल्ला स्थित विगत लामो समय देखि समाज सेवामा समर्पित शान्ति पुर्नस्थापना केन्द्रकी संयोजक सपना शर्मा र गत चैतमा गुलरिया नगरपालिका–५ बालापुर स्थित उमेश थारुको छोरा ७ वर्षिय सिर्जन चौधरीलाई सम्मान गर्ने कार्यक्रम रहेको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गण हेड क्वाटरका गणपति मान बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय