बिहिबार, असार १९, २०८२
मा प्रकाशित
1995
Shares
बर्दिया,असार १९ / जबरजस्ती करणी गरेको अभियोगमा अदालतले एक युवकलाई कैद सजाय तोकेको छ । नाबालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतले बारबर्दिया नगरपालिका–२ का २० वर्षिय विकास थारुलाई १८ वर्ष कैद सजाय तोकेको हो ।
विस २०८० साल फागुन १८ गते नाबालिकलाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले गत फागुन २० गते थारुलाई पक्राउ गरेको थियो । उक्त करणी मुद्दाको फैसला जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले गरेको जनाईएको छ ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा १८ वर्ष कैद सजायसहित रु ७ लाख जरिवाना, रु ५० हजार क्षतिपूर्ति र रु २८ हजार रुपैयाँ राहत कोषमा जम्मा गराउने गरी फैसला गरिएको अदालतकी सुचना अधिकारी अमृता केसीले जानकारी दिईन् ।

