बर्दिया,असार २० / ‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं, सिप सिकौ र आत्मनिर्भर बनौं’ भन्ने उद्घोषका साथ बढैयाताल गाउँपालिकाले महिलालाई तालिम दिएको छ । पालिकाले २७ जना महिलाहरूलाई फाईवर झोला र कुसन बनाउने २ महिनाको तालिम दिएको हो ।
संघीय सरकार उद्योग मन्त्रालय अन्तर्गतको आब २०८१÷०८२ को बजेटबाट बढैयाताल गाउँपालिकाले महिलालाई सिपमुलक तालिम दिएको छ । उक्त तालिम गत बैशाख २२ गते देखि सुरु भई असार १८ गते समापन भएको छ । समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले तालिमका सहभागिलाई प्रमाण पत्र हस्तान्तरण गर्दै सिकेको सिपबाट आत्म निर्भर बन्नुपर्ने जोड दिईन् ।
तालिमबाट धेरै राम्रो सिकाई भएको र स्थानिय सरकारको सहयोग पाएमा आफुले सिकेको सीपलाई आय आर्जनमा लगाउने सहभागि सरिता चौधरी ले बताईन् । तालिममा सिकेका कुराहरु व्यावसायिक बनाउनु पर्ने र आय आर्जन गर्ने कुरामा बजारिकरणको लागी वडाले सक्दो सहयोग गर्ने बढैयाताल गाउँपालिका–६ का वडा अध्यक्ष शुक्रराज सापकोटाले बताए ।
सहभागी महिलाहरुलाई सिकेको सिप प्रयोग गरि व्यवसायीक बन्न प्रशिक्षक गिता घर्तिले जोड दिईन् । तालिममा सहभागीहरुलाई आय आर्जनमा सहयोग पुगोस् भन्ने हेतुले सिलाई मेसीन लगायत सामाग्री सामुहिक रूपमा काम गर्नको लागी प्रदान गरिएको थियो भने संघिय सरकारले १५ लाख बजेट विनियोजन गरिएको जनाईएको छ ।

