बर्दिया,असार २० / पुर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । जिल्ला पुर्णखोप समन्वय समितिद्वारा बिहीबार आयोजित एक कार्यक्रम बिच पुर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पुर्णखोप सुनिश्चित बर्दिया जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
पुर्णखोप सुनिश्चित वडा, स्थानीय तहको साथै पुर्णखोप जिल्ला घोषणा गरि खोपबाट बचाउन सकिने, रोग लाग्ने दर, अपाङ्गता दर र मृत्युदरमा कमी ल्याउने उदेश्यले बालबालिकाले खोप तालिका बमोजिम पुर्णखोप पाएको हरेक वर्ष यकिन गरि जिल्लालाई सुनिश्चित घोषणा गरिदै आएको छ ।
जिल्लाका १६ महिना देखि २३ महिना सम्मका सम्पुर्ण बालबालिकाले आर्थिक वर्ष ०८१÷०८२ मा राष्ट्रिय खोप तालिकामा समावेश भएका सम्पुर्ण खोपहरु पुरा गरेको हु“दा जिल्लालाई पुर्णखोप सुनिश्चित घोषणा गरिएको छ ।
संघिय सांसद शान्ती चौधरीले व्यानर वाचन गरेर पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेकी थिईन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जिल्ला पुर्णखोप समन्वय समितिका संयोजक एवंम् जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट र स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीलाई पुर्णखोप सुनिश्चितता जिल्ला घोषणा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । वरिष्ठ जनस्वास्थ्य अधिकृतका अनुसार लुम्बिनी प्रदेशका ११ जिल्ला पुर्णखोप सुनिश्चितता जिल्ला घोषणा भईसकेका छन् ।
पुर्णखोप सुनिश्चित जिल्ला घोषणा दिनरात खटिने महिला स्वयमसेविकाहरुको आवश्यकतालाई सम्बोधन गर्न नीति निर्माण तहबाट पहल हुन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भनाई राखे । पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न हरेक क्षेत्रबाट योगदान पु¥याउने सम्पुर्णलाई जिल्ला पुर्णखोप समन्वय समितिका संयोजक बिष्टले धन्यवाद व्यक्त गरेका छन् ।
पुर्णखोप सुनिश्चित घोषणा गर्न योगदान पु¥याउने प्रत्येक पालिकाका एक एक जना गरि ८ जना उत्कृष्ट खोपकर्ता र स्वयसेविका सम्मानित भएका छन् ।
पुर्णखोप सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–प्रमुख अमिता यादव, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाही, प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपाल, गुलरिया नपाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेलगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

