शनिबार, असार २१, २०८२
मा प्रकाशित
1566
Shares
बर्दिया,असार २१ (फरकसमाचार) / लागू औषध ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ पडरियाका २२ वर्षिय आकाश बहादुर मगर र २८ वर्षिय देव सिंह ठकुरीलाई लागू औषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका–७ स्थितबाट दुवै जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । भारतको बलई गाउँबाट नेपालतर्फ आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा १ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

