१ सय ९९ जना पिडितले लिए ओसिएमसीमा सेवा
शनिबार, असार २१, २०८२ मा प्रकाशित

बर्दिया,असार २१ / अस्पतालको ओसिएमसीबाट १ सय ९९ जना लैङ्गिक हिंसाका पिडितले एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी)मा सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि असार १९ गतेसम्म १ सय ९९ जना हिंसा पिडितले ओसिएमसीमा निःशुल्क सेवा लिएका हुन् । ओसिएमसीले लैङ्गिक हिंसामा परेका पिडितलाई निःशुल्क रुपमा स्वास्थ्योपचार, मानसिक एवंम् मनोसामाजिक परामर्श, कानुनी उपचार, सुरक्षा, आश्रय र पुनस्र्थापनाको सेवा तथा हिंसा नियन्त्रणमा योगदान पु¥याउने उदेश्यले प्रभावकारी काम गर्दै आएको छ ।

अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी)को वार्षिक समिक्षामा शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्ष ०८१÷०८२ को साउन देखि असार १९ गतेसम्म पुरुष ८ र महिला १ सय ९१ गरि जम्मा १ सय ९९ जना लैङ्गिक हिंसामा परेर ओसिएमसीमार्फत निःशुल्क सेवा लिएको अस्पताल ओसिएमसीकी सम्पर्क व्यक्ति सपना बाठा मगरले जनाईन् ।

‘ओसिएमसीमा आफै आउने १ सय २०, प्रहरीबाट ७१, गैरसरकारी संस्थाबाट ५, स्वास्थ्य चौकीबाट २, सेवा केन्द्रबाट १ जना हिंसा पिडित आएर सेवा लिएका छन्,’उनले भनिन्,‘त्यसैगरि पिडितलाई सेवा दिई आफन्तलाई १ सय ८, प्रहरीलाई ७२, माइती नेपाललाई ५, सेवा केन्द्रलाई ४, उपचारको लागि नेपालगंज स्थित भेरी अस्पतालमा ९ र लिगल एडप्सनमा १ जनालाई पठाईएको छ ।’

रेपका ३४, यौन दुव्र्यवहार १७, कुटपिट ४४, बालविवाह ८९, बाँच्ने अधिकारबाट बञ्चित १, मानसिक यातना १३ र अन्य १ जना लैङ्गिक हिंसाबाट प्रभावित भएको देखिन्छ ।

गुलरिया ८८, बाँसगढी ९, बारबर्दिया १८, मधुवन ३१, ठाकुरबाबा ५ र राजापुर नगरपालिमा १५ जना लैङ्गिक हिंसामा परेको देखिन्छ भने गेरुवा ९ र बढैयातालका १६ जना लैङ्गिक हिंसामा परेर ओसिएमसीमा सेवा लिएका छन् । त्यसैगरि बाँकेका ५, सुर्खेत, जुम्ला, रुकुमका एक एक जना लैङ्गिक हिंसामा परेको देखिन्छ । आठ वटै पालिका मध्ये सबै भन्दा बढी गुलरियामा लैङ्गिक हिंसाका घटना भएको ओसिएमसीको तथ्यांकले पुष्टि गरेको छ ।

गुलरियामा लैङ्गिक हिंसा बढी देखिएकोले समन्वय गरि जनचेतना फैलाउनु पर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘अन्य पालिकाबाट पनि ओसिएमसीमा पिडितहरु आउन सकेका छन् कि छैनन्,त्यसतर्फ ध्यान दिन जरुरी छ,’प्रजिअ पौडेलले भने,‘हिंसाका घटना समाजमा नलुकाएर कानुनी दायरामा ल्याउनुपर्छ ।’

शुक्रबार आयोजित ओसिएमसीको वार्षिक समिक्षामा प्रजिअ सुरेन्द्र पौडेल, अस्पतालका बरिष्ठ मेसु सुभाष पाण्डेय,प्रहरी निरीक्षक कृष्ण डाँगी, जिल्ला समन्वय अधिकारी ईश्वरी तिवारी, बारएशोसिएसनका अध्यक्ष खडानन्द तिवारी, राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ, माइती नेपालकी प्रमुख गायत्री रिमाललगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर