मध्यवर्ती क्षेत्रको अध्यक्षमा आचार्य निर्वाचित
आइतबार, असार २२, २०८२ मा प्रकाशित

बर्दिया,असार २२ / बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा हेमन्त आचार्य निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा कुल १९ मतमध्ये ११ मत प्राप्त गरी आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी चन्द्रकला बुढाले ६ र मीन बहादुर साउतले २ मत प्राप्त गरे । आचार्य लामो समय देखि चोरी सिकार नियन्त्रण युवा परिचालनका अध्यक्ष र प्रकृति पथप्रदर्शक भएर काम गरेका छन् ।

बर्दिया निकुञ्ज अन्तर्गत ५ सय ४ वर्ग किमी क्षेत्रफल मध्यवर्ती क्षेत्रको रहेको छ । १ सय ४८ वटा मध्यवर्ती सामुदायिक वन रहेको छ । तीमध्ये २ सय ४० समूहमा २ सय ३५ बर्दिया, सुर्खेत ४ र बाँकेको १ रहेका छन् । आचार्यका बुबा दुई कार्यकाल मध्यवर्ती क्षेत्रको अध्यक्ष भएर काम गरेका थिए । २०६७ साल असोज २६ गते हात्तीको आक्रमणमा उनको मृत्यु भएको थियो ।

हेमन्त बुबालाई हात्तीले मारे पनि उनी वन्यजन्तुको संरक्षणमा लागेका हुन् । निर्वाचित आचार्यले पहिलो काम मानव वन्यजन्तु बीच द्धन्द न्यूनीकरणमा समन्वय गरी समस्या समाधान गर्ने बताए । पाँच वर्ष कार्यकाल रहने अध्यक्षसहित सदस्य सचिव निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहित १९ जना सदस्य रहेका छन् । स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय