लागू औषधसहित एक महिला पक्राउ
शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित

बर्दिया,साउन १६(फरकसमाचार)/ लागू औषध ब्राउन सुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट लागू औषधसहित एक महिलालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत जिल्ला बहराईच मोतिपुर थाना बलैगाउँकी ५० वर्षीया जगदैया देबी थारु छन् ।

भारतबाट नेपालतर्फ साइकलमा शंकास्पद रुपमा आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा ४ ग्राम ९ सय ४० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

महिलालाई नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर